गायिका लासिमित राईको निधन

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण गायिका लासिमित राईको निधन भएको छ । उनले निधनबारे संगीतकार आनन्द राईले सामाजिक सञ्जाल जानकारी दिएका छन् ।

उनले लेखेका छन् –‘लब्ध प्रतिष्ठित गायिका आदरणीय लासिमित राई लेप्चा दिदीको असामयिक मृत्युको दुःखद खबरले मन भावह्विवल भएको छ । पीडाको वोध भएको छ’ । केही महिनाअघि मात्रै भिनाजु बित्नु भएको खबरले आश्चर्यमय परेको थिएँ । त्यसपछि एकचोटि मात्रै कुरा हुन सक्यो । त्यो नै अन्तिम कुराकानी भयो ।’

उनले ‘नआउ सपना भरी’, ‘तिमीले दिएका वेदना’, ‘टुटेका मन’, ‘सधैँ भरी’, ‘कहिले हराउँदै’, ‘म मैना सरी’ लगायतका गीतहरु गाएकी छन् ।


प्रतिक्रिया दिनुहोस्