संसद विघटन सम्बन्धी रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै

प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार


काठमाडाैं । संसद विघटन सम्बन्धी परेका रिटमाथि आजपनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाइ हुँदैछ । गएको शुक्रबार पहिलो सुनुवाइ भएका मुद्दाहरूमा बहस नसकिएपछि आज पनि सुनुवाइ हुन लागेको हो ।

सर्वोच्चमा परेका सबै रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । सर्वोच्चमा संसद विघटनसँग सम्बन्धित ३० वटा मुद्दा रहेका छन् । प्रतिपक्षको सहित संसद विघटनलाई आधार बनाएर अदालतमा ३० वटा रिट परेका हुन् ।

ती सबै रिटलाई संवैधानिक इजलासले टुङ्गो लगाउने छ । बहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्त नगरेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट हालेका थिए ।


प्रतिक्रिया दिनुहोस्