जापानमा थप तीन हप्ता संकटकाल थप

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


काठमाडौं । जापानले संकटकालको अवधिलाई नौ प्रान्तमा थप तीन हप्ताका लागि लम्ब्याएको छ । कोरोनाका कारण घोषणा गरिएको संकटकाल जुन २० तारिखसम्म थपेको हो ।

भाइरसको सङ्क्रमण दर घटे पनि अझै खतरामुक्त नरहेको भन्दै सङ्कटकाल विस्तार गरिएको जापान सरकारले जनाएको छ । रेस्टुरेन्टहरुलाई जाँडरक्सी बेच्न वा प्रत्यक्ष सेवा दिन रोक लगाइएको छ भने स्वास्थ्य सावधानीका लागि विद्यालय बन्द गरिएका छन् ।

ठूलो खालका भेला तथा सम्मेलन गर्दा स्वास्थ्य सुरक्षाका नियमलाई पालना गर्नुपर्ने नयम छ। जापानमा हालसम्म सात लाख ३८ हजारभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने १२ हजार ८ सय १९ जनाको ज्यान गएको छ ।


प्रतिक्रिया दिनुहोस्