इराक विरुद्ध नेपालको प्रदर्शन कमजोर

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले बलियो प्रतिद्धन्द्धी इराक विरुद्ध सन्तोषजनक खेल प्रदर्शन गरेको छ । गय राति इराकको घरेलु मैदानमा सम्पन्न खेलमा नेपालले ६ का विरुद्ध २ गोलको हार बेहोर्यो । हारका बाबजुद नेपालले २ गोल गर्नु राम्रो प्रदर्शन हो ।

डिफेन्स लाईन र गोलकिपर किरण चेम्जोङको गल्तीका कारण नेपालले सहजै ४ गोल खान पुग्यो । नेपालका मनिष डाँगीले एक गोल फर्काउदा इराकका अहमेद इब्राहिम खलाफले एक आत्मघाती गोल गरे ।

खेलको सातौं मिनेटमा कप्तान खासिनले २५ यार्डबाट फ्रिकिकमा गोल गर्दै इराकलाई अग्रता दिलाएका थिए । तर, आठौं मिनेटमा नेपालले बराबरी गोल फर्कायो । अन्जन बिष्टको प्रहार क्लियर गर्ने क्रममा इराकका खलाफले आत्मघाती गोल गरे ।

खेलको २९ औं मिनेटमा मनिषको गोलबाट नेपालले २(१ को अग्रता बनायो । तर त्यो खुसी धेरैबेर टिक्न पाएन । अन्तत इराकले लगातार ५ गोल थप्यो । दोश्रो हाफमा नेपालले केही राम्रो मुभ बनाउने प्रयास गरेको थियो ।

तर नेपाल दोश्रो हाफमा निक्कै दबाबमा देखियो भने इराक सहजतापूर्वक खेलिरहेको थियो । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले फिफा वरीयतामा १ सय ३ औं स्थान माथिको टिम इराकसँग उसैको घरेलु मैदानमा मैत्रीपूर्ण प्रतिस्पर्धा गरेको हो हो ।


प्रतिक्रिया दिनुहोस्