करदातालाइ राहत र सहुलियत कहाँ कहाँ भयो ?

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


सरकारले मानवस्वास्थ्य र आर्थिक संकटबाट र्सिजित प्रतिकूल अवस्थामा करदातालाइ राहत र सहुलियत सहित शीघ्र आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर राजश्व नीति र करको दायरा निर्धारण गरिएको जनाएको छ ।
सरकारले कोभिड १९ बाट प्रभावित होटल, ट्राभल, ट्रेकिङ, यातायात, हवाइ सेवा, चलचित्र उद्योग र सञ्चार गृहको करयोग्य आयमा एक प्रतिशत मात्रै आयकर लाग्ने व्यवस्था गरी ती व्यवसायको नोक्सानी सार्न मिल्ने अवधि बढाएर दश वर्ष पु¥याएको छ । सरकारले २०७७÷०७८ को आयमा वार्षिक २० लाखसम्मको कारोबार भएका करदातालाई ९० प्रतिशत, वार्षिक ५० लाख सम्म कारोबार भएका करदातालाई ७५ प्रतिशत र वार्षिक १ करोड रुपैयाँ सम्म कारोबार भएका करदातालाई ५० प्रतिशतले आयकर छुट दिने भएको छ ।

त्यसैगरी २०७५ ÷७६ सम्मको बार्षिक विवरण नबुझाएकालाई २०७८ असोज मसान्त भित्र बुझाएमा शुल्क तथा जरिवानाको ९० प्रतिशत रकम मिनाहा गरिने भएको छ । त्यसैगरी निवृत्तभरण वापतको करयोग्य आय गणना गर्दा थप २५ प्रतिशत रकम छुट दिईने भएको छ । अब करदाताको करयोग्य कारोबारमा प्रयोग भएको डिजेल र एलपी ग्याँसको खरिदमा तिरेको मूलय अभिवृद्धि कर कट्टी गर्न पाईने भएको छ । त्यसैगरी, ढुवानी सेवा, ढुवानी सेवाको भाडा, कार्गो सेवा, ई–लाइब्रेरी सेवा, निक्षेप सुरक्षण शुल्क, ट्रेकिङ तथा टुर प्याकेजको सेवा शुल्क र उत्पतीको प्रमाणपत्र जारी गर्न लाग्ने शुल्कमा मुल्य अभिवृद्धि कर छुट दिईएको छ ।

अक्सिजन ग्याँस, लिक्विड अक्सिजन, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर लगायतका अन्य जिवनदायक सामग्री आयात, उत्पादन तथा विक्रि वितरणमा लाग्ने भन्सार महशुल, मुल्य अभिवृद्धि कर र अन्तशुल्क २०७८ साल पुष मसान्तसम्मका लागि छुट दिईएको छ ।

विद्युतको आन्तरिक खपत वृद्धि गर्न तथा वातावरणमैत्री यातायातको साधनको प्रयोगको बढावा दिन विद्युतिय सवारी साधनको आयातमा अन्तशुल्क पुरै खारेज गरी भन्सार महशुल समेत घटाईएको छ भने इन्डक्शन चुल्होको भंसार महस्ल दर घटाएर १ प्रतिशत कायम गरिएको छ । रेफ्रिजेरेटर, राइसकुकर, पंखा लगाएका विद्युतिय उपकरणको अन्तशुल्क खारेज गरी भंसार महशुल घटाईएको छ । शिशु स्वास्थ्य र पोषणलाई बढावा दिन बच्चाले खाने दुधको भन्सार महशुल ५० प्रतिशतले घटाएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।

मुल्य अभिवृद्धि कर
उद्योग व्यवसायीले कोभिड महामारीले प्रभावित भएको अर्थतन्त्र चलायमान बनाउन मुल्य अभिवृद्धि करको दर घटाउन माग गरेपनि सरकारले यथावत राखेको छ । भंसार महशुलको दरमा भने सामान्य समायोजन गरेको छ ।
मदिरा, बियर, वाइन, चुरोट, सुर्तिजन्य, तथा हल्का पेय पदार्थमा अन्तशुल्क वृद्धि गरिएको छ । साना करदातालाई लाग्दै आएको करको दर यथावत राखी पूर्वानुमानित आय विवरण बुझाउने कारोबारको सिमा २० लाखबाट ३० लाख पु¥याइएको छ । कारोबारमा आधारित कर बुझाउने करदाताको कारोबारको सिमा ५० लाख बाट १ करोड पुराईएको छ ।

व्यवसायीक कृषि आयमा लाग्ने करमा ५० प्रतिशत छुट दिईएको छ । सामुहिक व्यवसायिक खेती गर्ने कृषि सहकारी संस्थाले आयात गर्ने एउटा ढुवानीको साधनमा लाग्ने भन्सार महशुलमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
सरकारले कार्यान्वयन गर्ने आर्थिक पुनरुत्थानका कार्यक्रम तथा कोभिड १९ विरुद्ध खोपको व्यवस्थाबाट परिस्थिति सामान्यीकरणतर्फ उन्मुख भई आर्थिक गतिविधि लयमा फर्किने विश्वासको आधारमा आगामी आर्थिक बर्ष ६ दशमलब ५ प्रतिशतको हाराहारीमा हुने अनुमान गरेको छ । त्यसैगरी मुद्रास्फीति ६ दशमलब ५ प्रतिशतमा सिमित राखिने जनाईएको छ ।


प्रतिक्रिया दिनुहोस्