आगामी वर्षको बजेटको आकार : १६ खर्ब ४७ अर्ब ५७ करोड

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । सरकारले आगामी बर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड बजेट सार्वजनिक गरेको छ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको आयव्यय विवरणको अनुमान प्रस्तुत गरेका हुन्।

सरकारले पुँजीगत खर्च ३ खर्ब ४७ अर्ब २६ करोड , वित्तीय व्यवस्थापनमा २ खर्ब ७ अर्ब र प्रदेश र स्थानीय तहतर्फ ३ खर्ब ८६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।

यस्तै, चालु वर्षमा भने १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट पेस गरिएकोमा चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब ७० करोड रुपैयाँ विनियोजन गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्