उपत्यकाका उद्योग मकवानपुरमा स्थानान्तरण गरिने, १० बर्षसम्म नि:शुल्क भाडा

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । सरकारले काठमाडौंमा संचालित उद्योग स्थानान्तरणका लागि मकवानपुरमा १० वर्षका लागि निशुल्क जग्गा भाडामा दिइने जनाएको छ।

अर्थमन्त्री बिष्णु पौडेलले आगामी बर्षको बजेट प्रस्तुत गर्दै उपत्याकामा सञ्चालित उद्योगलाई मकावनपुरको मयुघाट औद्येगिक क्षेत्रमा स्थानान्तरण गरिने घोषणा गरेको हुन।

त्यहाँ स्थानान्तरण हुने उद्योगका लागि १० वर्ष निशुल्क जग्गा र विद्युत डिमान्ड शुल्क छुट गर्ने अधमन्त्री पौडेलले बताए।

त्यस्ता उद्योगले मेसिनरी आयात गर्दा लाग्ने भन्सार शुल्कमा १ प्रतिशत छुट दिने उनले बताए।

 


प्रतिक्रिया दिनुहोस्