हरेक विद्यालयमा स्वास्थ्यकर्मी राखिने, कक्षा ५ सम्मका बिधार्थीलाई निःशुल्क दिवाखाजा

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । सरकारले हरेक एक विद्यालयमा एक स्वास्थ्यकर्मी सुनिश्चित गर्ने जनाएको छ।

स्वास्थ्यकर्मी राखेर विद्यार्थीको नियमित स्वास्थ्य जाँच गरिने अर्थमन्त्री बिष्णु पौडेलले बताएका छन।

यस्तै, कक्षा ५ सम्मका बिधार्थीलाई निःशुल्क दिवाखाजा पाउने दिइने भएको छ। त्यसका लागि सरकारले ८ अर्ब बढी छुटाएको मन्त्री पौडेलले बताए।

यसैगरि सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गरिने र सशर्त अनुदान सरकारले उपलब्ध गराउने मन्त्री पौडेलले जानकारी दिए।

अर्थमन्त्री पौडेललले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ अर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरिएको बताएका छन्।

 


प्रतिक्रिया दिनुहोस्