४० माइक्रोन भन्दा पातलो प्लास्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाइने

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । सरकारले ४० माइक्रोन भन्दा कमसल प्लास्टिक प्रयोगमा साउन १ देखि प्रतिवन्ध लगाउने भएको छ।

आगामी आर्थिक बर्षको बजेट भाषण मार्फत अर्थमन्त्री बिष्णु पौडेलले साउन १ गतेदेखि चालिस माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक लगाइने जानकारी दिएका छन्।

यस्तै सपिक कम्पलेक्स,डिपार्टमेन्ट स्टोरहरुमा प्लाष्टिकको झोलाको सट्टा सत्ली, जुट र कागजको झोलाको प्रयोग गर्न भनिएको छ।

४० मइक्रोनकोभन्दा पातलो प्लाष्टिक उत्पादन गर्ने पुरानो उद्योगहरुमा पुराना पाट पुर्जा हटाएर नयाँ जडान गरेर स्तरोन्नती गर्नका लागि पूँजीगत अनुदान उपलब्ध गराइने मन्त्री पौडेललले बताए ।

सरकारले विद्युत सवारीको प्रयोगलाई प्रोत्साहन गर्न लागेको हो।


प्रतिक्रिया दिनुहोस्