सरकारी कर्मचारीलाई भ्रमण खर्चसहित १० दिन बिदा दिने घोषणा

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । सरकारले सरकारी कर्मचारीलाई भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने घोषणा गरेको छ।

शनिबार अर्थमन्त्री बिष्णु पौडेलले आगामि आर्थिक बर्षको बजेट भाषणमार्फत सो जानकारी दिएका छन्।

‘आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकम सहित पर्यटन काज उपलब्ध गराइने छ,’ मन्त्री पौडेलले भनेका छन्।

उनले निजी क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई समेत सोही अनुसारको सुविधा प्रदान गर्न प्रेरित गरिने बताए।


प्रतिक्रिया दिनुहोस्