निष्काशन गर्ने चेतावनी दिएपछि महन्त ठाकुरले उपेन्द्रलाई सोधे स्पष्टीकरण

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ।

पार्टीमा अध्यक्ष उपेन्द्र यादव पक्ष र महन्त ठाकुर पक्षबीच पत्रयुद्ध नै चलेको छ।

यसअघि उपेन्द्र यादव पक्षले महन्त ठाकुर, राजेन्द्र महतो लगायत ४ नेतालाई २४ घण्टाभित्र नदिए पार्टीबाट निष्काशन गर्ने चेतावनी दिएको थियो।

सो पत्र आएपछि अध्यक्ष महन्त ठाकुरले उपेन्द्र यादवलाई नै स्पष्टीकरण सोधेका हुन। अध्यक्ष ठाकुरले अर्का अध्यक्ष यादवलाई २४ घन्टे स्पष्टीकरण सोधेका हुन।

त्यसको जवाफ नदिए पार्टीवाट निष्काषन गर्ने ठाकुरको चेतावनी पत्रमा उल्लेख छ।

यो पनि पढ्नुहोस्

२४ घण्टाभित्र स्पष्टीकरण दिन महन्तलाई उपेन्द्र पक्षको अल्टिमेटम


प्रतिक्रिया दिनुहोस्