राष्ट्रपति भण्डारीले जारी गरिन् बजेट सम्बन्धी ३ अध्यादेश

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । सरकारको सिफारिशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बन्धी ३ अध्यादेश जारी गरेकी छन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन्।

यी अध्यादेश जारी भएसँगै नयाँ बजेटका लागि बाटो खुलेको छ। अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आजै दिउसो ४ बजे बजेट भाषण गर्ने छन्।

 


प्रतिक्रिया दिनुहोस्