२४ घण्टाभित्र स्पष्टीकरण दिन महन्त सहित ४ नेतालाई उपेन्द्र पक्षको अल्टिमेटम

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन अल्टिमेटम दिएको छ।

यसअघि स्पष्टीकरण दिन भन्दै पत्राचार भएकोमा प्राप्त नभएकाले दोस्रो पटक २४ घण्टाको अल्टिमेटम दिएर स्पष्टीकरण पत्र पठाइएको हो ।

केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीद्वारा हस्ताक्षरित पत्रमा २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नआए पार्टीबाट निष्काशन समेतको कारबाही हुने चेतावनी दिइएको छ।

यस्तै, उपेन्द्र पक्षले ठाकुर सहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पनि स्पष्टीकरण सोधेको छ।

अबको पत्रको जवाफ चित्त बुझ्दो नदिए पार्टीबाट निष्कासनको कारवाही गर्ने चेतावनी दिइएको हो।


प्रतिक्रिया दिनुहोस्