विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्ज्वल थापाको सम्पूर्ण उपचार खर्च बेहोर्ने दुर्गा प्रसाईँको घोषणा

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्ज्वल थापाको सम्पूर्ण उपचार खर्च बेहोर्ने घोषणा चर्चित व्यवसायी दुर्गा प्रसाईँले गरेका छन् । शनिवार एक विज्ञप्ति जारी गर्दै प्रसाईँले सो घोषणा गरेका हुन । प्रसाईँ झापामा सञ्चालन भएको बिएन्डसी हस्पिटलका मालिक हुन ।

बिएन्डसी अस्पतालको सामाजिक उत्तरदायित्व अन्तर्गत थापाको उपचार गरिने बताउँदै थापा गणतन्त्र प्राप्तिको लागी लागेको एक असल सामाजिक अभियन्ता भएको प्रसाईँले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्