प्लेन भन्दा महँगो कार सार्वजनिक , मूल्य सुनेर उड्न सक्छ होस

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


महँगो र लग्जरी कार बनाउन प्रख्यात कार कम्पनी रोल्स रोयले अहिले सम्मको सबै भन्दा महँगो कार हालै सार्वजनिक गरेको छ ।

चार वर्ष लगाएर तयार पारिएको यो मोडेलको नाम बोट ठेल राखिएको छ । यसको मूल्य २ करोड पाउन्ड अर्थात् ३ अरब २९ करोड नेपाली रुपैयाँ राखिएको छ ।

नेपालमा बिक्रीका लागी ल्याउने हो भने यसको मूल्य १० अरब हाराहारीमा पर्ने देखिन्छ । यसका तीन वटा मोडेल तयार हुने बताइएको छ । यी सबै गाडीहरू हातले नै तयार पारिने छन् ।


प्रतिक्रिया दिनुहोस्