शरीरमा अक्सिजनको मात्रा कमी भएपछि गायक दीप श्रेष्ठ अस्पताल भर्ना

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । वरिष्ठ गायक दीप श्रेष्ठलाई कोरोना भाइरस संक्रमण भएको छ ।

शरीरमा अक्सिजनको मात्रा कमी भएपछि श्रेष्ठलाई शुक्रबार काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ ।

द भ्वइस अफ नेपालले आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘महागुरु कोच दीपलाई शिघ्र स्वस्थ लाभको कामना ! स्वास्थमा सामान्य समस्या देखिएपछि हस्पिटलमा भर्ना हुनु भएका महागुरु हाम्रा कोच दीप श्रेष्ठलाई कोभिड देखिएपछि उहाँ अहिले यो रोग सँग जुधिरहनु भएको छ । सधैं हामीलाई आत्मबल दिने संगीतका जीवन्त धरोहरलाई कोभिडसँग जुध्न सामान्य नै हुनेछ भन्नेमा हामीलाई विश्वास छ ।’


प्रतिक्रिया दिनुहोस्