खोप लगाएकै थिए, दोस्रो पटक कोरोना संकमण भएरै छाड्यो : प्रमोद खरेल

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । चर्चित गायक एवं भ्वाइस अफ नेपालका कोच प्रमोद खरेललाई कोरोना भाइरसको संक्रमण भएको छ।

गायक खरेलले सामाजिक सञ्जाल मार्फत आफू संक्रमित भएको जानकारी दिएका छन्।

उनले आफूले कोरोना भाइरस विरुद्ध पहिलो डोज खोप लगाएपनि संक्रमित भएको बताएका छन्। गायक खरेललाई ८ महिनाको अवधिमा दोस्रो पटक कोरोना संक्रमण भएको हो।

खरेलले आफू आइशोलेशनबाट मुक्त भएको जानकारी पनि दिएका छन्।


प्रतिक्रिया दिनुहोस्