रेडियोकर्मी न्यौपानेको निधनमा चौतारी स्तब्ध

प्रकाशित मिति : असार २, २०७८ बुधबार


प्रेस चौतारी नेपालले आफ्ना सल्लाहकार तथा व्यवसायिक रेडियोहरुको छाता सङ्गठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएकामा स्तब्ध भएको जनाएको छ।

कोरोना सङ्क्रमणका कारण गत वैशाख २८ गते अस्पताल भर्ना भएका ५० वर्षीय न्यौपानेको मोरङको विराट शिक्षण अस्पतालमा उपचारको क्रममा आज निधन भएको थियो।

न्यौपाने इटहरीको पुरानो व्यावसायिक रेडियोे सप्तकोशी एफएमका स्टेशन म्यानेजर थिए।

न्यौपानेको परिवारमा जीवन संगीनीसहित छोरा र छोरी छन।

उनको निधनबाट प्रेस चौतारी नेपालले एक जुझारू, इमान्दार र कर्तव्यनिष्ठ व्यक्तित्व गुमाएको सो सङ्गठनका कार्यबाहक महासचिव हीरामान लामाले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।

विसं. २०२७ फागुन १२ गते सुनसरी जिल्ला इटहरी उप महानगरपालिका–४ मा जन्मिएका न्यौपानेले नेपाली पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानप्रति चौतारीले उच्च कदर म्मान व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।


प्रतिक्रिया दिनुहोस्