मेलम्चीको पानीले काठमाडौंबासीको तिर्खा मेटिएको छ : प्रधानमन्त्री ओली

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले मेलम्ची खानेपानी आयोजना सम्पन्न गरेर काठमाडौंबासीको तिर्खा मेटिएको दाबी गरेका छन्।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले धेरै काम सम्पन्न गरेको र बाँकी रहेका राष्ट्रिय महत्वका योजना चाँडै सम्पन्न गरिने बताए।

प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा भनेका छन्, ‘चिरप्रतिक्षित मेलम्चीको पानी काठमाडौंमा अवतरणसँगै काठमाडौंबासीका पानीको तिर्खा मेटिएको छ। छिट्‍टै याङ्ग्री र लार्केको पानी मेलम्चीमा सामेल गरेर खानेपानीको समस्याको दिगो समाधान गर्ने प्रयास अगाडि बढेको छ। सङ्‍घ, प्रदेश र स्थानीय तहको समन्वयबाट कुल जनसङ्ख्याको ९२ प्रतिशतलाई आधारभूत खानेपानी सुविधा उपलब्ध गराउन सफल भएका छौं।’

 


प्रतिक्रिया दिनुहोस्