‘स्वास्थ्यकर्मीमाथि भएको आक्रमण ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि आक्रमण सरह’

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यकर्मीहरुमाथि भएको आक्रमणलाई ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि आक्रमण भए सरह दण्डनीय रहेको बताएका छन्।

भेरी अस्पतालमा चिकित्सक र नर्समाथि भएको घटनातर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले कारवाही हुने बताएका हुन।

कोभिड–१९ संक्रमितहरुको उपचारमा खटिएका सबैको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको ओलीको भनाई छ।

उनले विश्वव्यापी कोरोना संक्रमणको प्रमुख चुनौती नै जनताको जीवनरक्षा गर्नु भएको समेत बताए।

सरकार त्यसतर्फ अघि बढिरहेको भन्दै उनले त्यसका लागि नै निषेधाज्ञा कायम गरिएकोसमेत प्रष्ट्याए ।

 


प्रतिक्रिया दिनुहोस्