दलहरुलाई प्रधानमन्त्री ओलीको प्रस्ताव : सबै मिलेर चुनावी सरकार बनाऔं

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारमा हुने चुनावमा शंका भए सर्वदलीय सरकार गठनका लागि आवह्वान गरेका छन्।

शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अ‍ोलीले आफू नेतृत्वको सरकारले स्वच्छ र निष्पक्ष रूपमै निर्वाचन गर्ने बताए।

त्यसमा कुनै शंका भए सर्वदलीय चुनावी सरकारमा सहभागी हुन उनले आग्रह गरे।

जनतामा जाने विकल्प अलोकतान्त्रिक नहुने उनको दाबी छ।

उनले आवधिक निर्वाचनमार्फत जनताले विश्वास गरेको दललाई जिताउने बताउँदै निर्वाचनलाई प्रतिगमन भन्नु जनताप्रति अविश्वास गर्नु रहेको बताए।

प्रधानमन्त्रीले ओलीले भनेका छन्, ”ताजा जनादेशमा जानु प्रतिगमन होइन। जनतालाई दलहरूबारे मूल्याङ्‍कनको मौका दिनु र आवधिक निर्वाचन मार्फत् जनताले विश्‍वास गरेको दललाई सरकार चलाउन जनादेश प्राप्‍त हुनु लोकतन्त्रको विशेषता हो। निर्वाचनमा जानुलाई प्रतिगमन भन्‍नु सारमा जनताको सार्वभौमसत्तालाई अस्वीकार गर्नु हो। नीतिहीन गठबन्धनको भर्‍याङ चढेर सरकारमा जान खोज्नु भनेको अराजनीतिक झेली काम हो। जनताप्रति अविश्‍वास गर्नु हो। निर्वाचन निष्पक्ष र स्वच्छ हुने कुरामा मैले बारम्बार जोड दिएको छु। परिणामलाई ध्यानमा राखेर होइन, लोकतान्त्रिक प्रणाली र पद्धतिलाई ध्यानमा राखेर निर्वाचन सम्पन्‍न गरिनेछ। मनमा कुनै आशङ्‍का छन् भने फेरि भन्‍न चाहन्छु, आउनुहोस्, निर्वाचनका लागि सबै दलहरू सरकारमा सहभागी बन्‍नुहोस्।”

 

 


प्रतिक्रिया दिनुहोस्