विवेकशील साझाका पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापालाई कोरोना भाइरसको संक्रमण भएर भेन्टिलेटरमा उपचार हुँदै छ।

संक्रमणका कारण थापाको स्वास्थ्य अवस्था जटिल भएपछि भेन्टिलेटरमा राखिएको हो।

ह्याम्स अस्पताल भर्ना गरिएका उनको फोक्सोमा समस्या देखिएको छ।

पार्टीका संयोजक मिलन पाण्डेले ह्याम्सबाट उनलाई ग्राण्डी अस्पताल रेफर गरिए पनि अहिले नेपाल मेडिसिटी अस्पतालमा लगिएको सामाजिक सञ्जाल मार्फत बताएका छन।

संयोजक पाण्डेलेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ”हामी सबैको धेरै धेरै माया, हामी सबैको धेरै धेरै प्रार्थना हजुरसङ छ उज्वल थापा दाइ!

तपाईँको नेतृत्व हामीलाई खाँचो छ। देशलाई खाँचो छ।
छिट्टै निको हुनुहोला।

केही दिन अघि उज्वल दाइलाई कोरोना भाइरसको संक्रमण भयो। उहाँको उपचार ह्याम्स काठमाडौंमा शुरु भयो र त्यसपछी ग्रान्डी अस्पताल रेफर गरिएको थियो र शुक्रवार (ज्येष्ठ १४) आज उनलाई नेपाल मेडिसिटी अस्पताल लगिएको छ।

अहिले उहाँको अवस्था निकै जटिल रहेको छ। हामी यो अवस्थाको सामना गर्न सक्दो प्रयास गर्दैछौँ। अहिले हामीलाई सँबै भन्दा बढी तपाईंको साथ र सहयोग आवश्यकता परेको छ। उज्वल दाइको स्वस्थ्य उपचारको लागी आर्थिक सहयोग गर्नको लागी परिवारको अनुमतिमा निम्न प्रक्रियाबाट सहयोगको अपिल गरिएको छ। संकलित सम्पूर्ण अर्थको हिसाब किताब पारदर्शी हिसाबले सार्वजनिक गर्नेछौं।”

थापाको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग अभियान सुरु गरिएको छ। थापाको स्वास्थ्य उपचारका लागि सहयोग गर्न इच्छुक व्यक्तिले आलोक सुवेदीको नाममा रहेको कुमारी बैंक मैतीदेवी शाखाको खाता नम्बर १९४०१०५०६५४००००१ मा सहयोग गर्न सक्ने अध्यक्ष रवीन्द्र मिश्रले उल्लेख गरेका छन्।


प्रतिक्रिया दिनुहोस्