स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. कृष्ण पौडेललाई

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी इडिसीडीका प्रमुख डा. कृष्ण पौडेलले पाएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख समेत रहेका डा.पौडेललाई मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतम थिए । उनलाई कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल (वीर) अस्पतालको प्रमुखको जिम्मेवारी दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्