शाहरुख खानको फिल्मबाट पनि निकालिए अभिनेता कार्तिक आर्यन

प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार


काठमाडौं । केही समय अगाडी निर्माता करण जोहरको फिल्मबाट निकालिएका अभिनेता कार्तिक आर्यन अभिनेता शाहरुख खानको फिल्मबाट पनि निकालिएका छन् ।

शाहरुखको प्रोडक्सन कम्पनी रेड चिलीज इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको फिल्म ‘फ्रेडी’ बाट कार्तिक निकालिएका हुन् । यो फिल्ममा उनी अभिनेत्री कटरीना कैफसँग देखिने तयारीमा थिए ।

तर, अब दर्शकले यो जोडीलाई ठूलो पर्दामा हेर्न नपाउने भएका छन् । धर्मा प्रोडक्सनको ‘दोस्ताना २’ बाट उनलाई जुन कारणले निकालिएको थियो, शाहरुखले पनि त्यही कारणले कार्तिक आर्यनलाई फिल्मबाट हटाएको भारतीय मिडियाले जनाएका छन् ।

फिल्म साइन गरेपछि उनले स्क्रिप्ट बदल्न निर्माण टिमलाई दबाब दिएका थिए । तर, फिल्मको स्क्रिप्ट परिवर्तन गर्न शाहरुख तयार भएनन् । बरु, उनले कार्तिकलाई नै फिल्मबाट हटाउने निर्णय हुन् ।

कार्तिकले ‘फ्रेडी’ का लागि बुझेको २ करोड रुपैयाँ साइनिङ एमाउन्ट रेड चिलीजलाई फिर्ता गरिसकेका छन् । अब रेड चिलीज कटरीनाको अपोजिटमा एक नयाँ कलाकारको खोजीमा जुटेको छ ।


प्रतिक्रिया दिनुहोस्