संवैधानिक इजलासका लागि प्रधान न्यायाधीशले छाने चार न्यायाधीश

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । संसद् विघटन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन भएको छ ।

सो इजलासमा रहेका ११ वटा रिटको प्रारम्भिक सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित ५ न्यायाधीस हुन्छन् । सर्वोच्चले सार्वजनिक गरेको पेसी सुचीमा वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की न्यायाधीशहरू आनन्दमोहन भट्टराई, तेज बहादुर के सी र वमकुमार श्रेष्ठ रहेका छन् ।

जबराले आफु नजिकका केसी र श्रेष्ठलाई ईजलासमा राखेर आफु अनुकुलको बेन्च तयार पारेका हुन् । संसद् विघटन विरुद्ध सर्वोच्चमा ३० वटा रिट दायर भएको थिए ।

जसमध्ये नियमित इजलासमा १९ वटा रिट परेका थिए । ती सबै रिट पनि बिहीबार प्रधानमन्त्री जबराको एकल इजलासले संवैधानिक इजलास मै पठाएको छ ।

बरिष्ठताको क्रम हेर्ने हो भने सर्वोच्चमा प्रधानन्यायाधीश पछि दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमरा सिन्हा लगायत छन् । हरिकृष्ण कार्कीका विषयमा यसअघि नै इजलासमा प्रश्न उठेपछि उनी हटेका थिए ।


प्रतिक्रिया दिनुहोस्