असद सिरियामा चौंथो पटक राष्ट्रपति निर्वाचित

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । सिरियामा बसर अल असद चौथो पटक राष्ट्रपति चुनिएका छन्। वर्षौंदेखि द्वन्द्वग्रस्त मध्यपूर्वी मुलुक सिरियामा बुधबार भएको राष्ट्रपतीय निर्वाचनमा असदले ९५.१ प्रतिशत मत ल्याएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ।

जितसँगै ५५ वर्षीय असदलाई थप सात वर्ष सिरियामा शासन गर्ने बाटो खुलेको छ। अब असद परिवारले झन्डै ६ दशक सिरियामा शासन गर्नेछ। यसअघि उनका बुवा हाफेज अल असदले ३० वर्ष सिरियामा शासन गरेका थिए।

कुल मतदाताको ७८ प्रतिशत मत खसेको चुनावमा असदका दुई प्रतिष्पर्धी मध्ये अब्दल्लाह सालोम अब्दल्लाहले १.५ र महमोउद अहमेद मारेइले ३.३ प्रतिशतमात्र मत पाएका छन्।


प्रतिक्रिया दिनुहोस्