भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


नेपालगञ्ज । बाँकेको भेरी अस्पतालमा एकजना कोरोना संक्रमितको उपचारको क्रममा निधन भएपछि चिकित्सकमाथि आक्रमण भएको छ ।

उपचारका क्रममा संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेका हुन् । उनीहरुले कुटपिट गर्न खोजेपछि भेरी अस्पतालका स्वास्थ्यकर्मीहरु भागेका थिए ।

मृतकका आफन्तले तोडफोड गर्दै आक्रमण गर्न थालेपछि ४ जना चिकित्सक झ्यालबाट हाम्फालेर ज्यान बचाएका थिए । केही चिकित्सक तथा नर्सलाई लखेटिलखेटी आक्रमण गरी अमानवीय व्यवहार देखाएको भन्दै चिकित्सकहरुले सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म काममा नखट्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्