सुदुरपश्चिम प्रदेशका पहिलो प्रमुख मल्लको निधनप्रति शोक प्रस्ताव पारित

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लका निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

मल्लप्रति श्रद्धाञ्जलि दिँदै बैठक सम्पन्न भएको मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए।

मल्लको आज बिहान काठमाडौँको निदान अस्पतालमा निमोनियाको उपचारका क्रममा निधन भएको थियो। रासस


प्रतिक्रिया दिनुहोस्