संसद बैठक बोलाउन सभामुखले राष्ट्रपतिसमक्ष सिफारिश गर्न सक्ने : संविधानविद् भट्टराई

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसद विघटन गरेपछि अब कसरी अगाडि बढ्ने भन्नेबारे सभामुख अग्निप्रसाद सापकोटाले कानुनविद्हरुसँग परामर्श गरेका छन्।

बिहिबार राजधानीमा सभामुख सापकोटाले संविधानविद्हरुसँग सल्लाह लिएका हुन।

यसैबीच, काुनन व्यवसायी टीकाराम भट्टराईले सभामुखले प्रतिनिधिसभा बैकक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नसक्ने बताएका छन्।

छलफलको क्रममा भट्टराईले अधिवेशन आह्वान राष्ट्रपतिले मात्रै गर्न सक्ने भए पनि सिफारिस भने सभामुखले पनि गर्न सक्ने तर्क गरेका हुन्।

‘सर्वोच्चको फैसलालाई उदृत गर्दै सम्माननीय सभामुखले राष्ट्रपतिलाई प्रतिनिधिसाको बैठक आह्वान गर्न सिफारिस गर्न सक्नुहुन्छ,’ भट्टराईले भने, ‘मन्त्रिपरिषदले मात्रै अधिवेशन आह्वान सिफारिस गर्न सक्दैन।’

 


प्रतिक्रिया दिनुहोस्