अध्यादेशमार्फत बजेट नल्याउन योजना आयोगका पूर्वउपाध्यक्षहरुको अपील

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत बजेट ल्याउन थालेपछि राष्ट्रिय योजना आयोगका नौ पूर्वउपाध्यक्षले अध्यादेशमार्फत बजेट नल्याउन सरकारसँग अपीलगरेका छन्।

प्रतिनिधि सभा विघटन गरेपछि देशमा अर्को संवैधानिक सङ्कट र अलमल उत्पन्न भएको र यसले देशको अर्थतन्त्रलाई समेत पछि धकेल्ने पूर्वउपाध्यक्षहरूको ठहर छ ।

पृथ्वीराज लिगल, डाक्टर जगदीशचन्द्र पोखरेल, डाक्टर शङ्कर शर्मा, डाक्टर पीताम्बर शर्मा, डाक्टर दिनेशचन्द्र देवकोटा, डाक्टर गोविन्दराज पोख्रेल, डाक्टर मीनबहादुर श्रेष्ठ, डाक्टर स्वर्णिम वाग्ले र दीपेन्द्रबहादुर क्षेत्रीले संयुक्त विज्ञप्ति निकालेर प्रतिनिधि सभा नै नरहेको अवस्थामा जेठ १५ गते बजेट ल्याउने संवैधानिक व्यवस्था नरहेको भन्दै यसलाई रोक्न माग गर्नुभएको छ।


प्रतिक्रिया दिनुहोस्