नेपाली सेनाका सहायकरथी केसीको कोरोना सङ्क्रमणबाट निधन

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


नेपाली सेनाका सहायकरथी दिनेश केसीको निमोनियासहित कोभिड–१९ संक्रमणबाट निधन भएको छ।

छाउनीस्थित वीरेन्द्र अस्पताल उपचार गराईरहेका केसीको आज बिहान निधन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले पुष्टि गरेको छ।

सेनाको १३ नं बाहिनी अड्डाका बाहिनीपति केसी केही समयअघि मात्रै बङ्गलादेशबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) पूरा गरी फर्कएका थिए।

करिब ३२ वर्ष सैनिक सेवामा योगदान पुर्याएका काठमाडौँ निवासी उनको आजै पशुपति क्षेत्रमा अन्त्येष्टि गरिएको सेनाले जनाएको छ।

उनका श्रीमती र दुई छोरी छन्। यसैबीच सेनामा हाल कोरोना सङ्क्रमण भई उपचारमा रहेका सक्रिय बिरामीको सङ्ख्या ४२४ रहेको जानकारी दिइएको छ।

कोभिड–१९ बाट हालसम्म छ सैनिकको निधन भइसकेको छ। रासस


प्रतिक्रिया दिनुहोस्