आज बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज एकै दिन प्रतितोला ७०० रुपैयाँले बढेर सुन ९४ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत ९३ हजार ७०० रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला एक हजार ३५० रुपैयाँ कायम रहेको सुनचाँदी महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्