एसएस राजामौलीको ‘आरआरआर’ रिलिजको तयारीमा

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’ रिलिजको तयारीमा छ । यो फिल्म अहिलेसम्म ५ भाषामा तयार हुँदै छ । तर, अब यो फिल्म अरू पाँच विदेशी भाषामा पनि तयार हुने भएको छ ।

फिल्मको अन्तर्राष्टिय वितरण जिम्मा लिएको कम्पनीले विदेशमा अरू पाँच भाषामा पनि रिलिज गर्ने तयारी गरेका निर्माण पक्षले जनकारी दिएको छ ।

आरआरआर विदेशमा रिलिजका लागि अंग्रेजी, स्पेनिस, कोरियन, टर्किस र पुर्तुगिस भाषामा पनि तयार हुने भएको छ । विदेशी भाषामा रिलिज माग आएपछि निर्माण पक्षले थप पाँच भाषामा पनि तयार गर्न लागेको हो ।

फिल्मको ओटीटी रिलिजका लागि डिजिटल राइट्स नेटफिक्सले खरिद गरेको छ । यो फिल्म अहिलेसम्म उत्तर भारतका लागि थिएटर तथा सेटेलाइट राइट र ओटीटी राइट गरेर ४ सय ५० करोड भारतीय रुपैयाँमा बिक्री भइसकेको छ ।

यस फिल्ममा साउथ इन्डियन स्टार रामचरण, जुनियर अनटीआरसँगै बलिउडबाट अजय देवगन, आलिया भट्टलगायतका कलाकारको विशेष भूमिका रहेको छ ।


प्रतिक्रिया दिनुहोस्