दुश्मनीलाई भुलेर मिका सिंह र राखी शावन्तले गरे अंकमाल

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । २००६ मा ‘किसिङ कन्ट्रोभर्सीका कारण चर्चामा आएका कलाकार मिका सिंह र राखी शावन्तले आफ्नो दुश्मनीलाई भुलेर एक अर्कालाई अंकमाल गरेका छन् ।

कोरोना कालमा मास्क नै नलगाई उनीहरुले एक अर्कालाई अंकमाल गर्दा विरोध पनि भएको छ । तर १५ वर्ष पुरानो आफ्नो दुश्मनीलाई भुलेर राखीले मिकाको खुट्टा छोएको भिडियो सार्वजनिक भएपछि धेरैले प्रसंसा पनि गरेका छन् ।

भिडियो अनुसार राखी एक कफि सपमा गफ गरेर बसी रहेकी थिइन् । त्यही समय मिका गाडीबाट उनलाई भेटन आएर राखीले मिकाको ख्ट्टा पनि छोएकी छन् ।

साथमा कोरोना कालमा मिकाले संक्रमित लगायत अन्य व्यक्तिलाई गरेको सहयोगको बारेमा खुलेर प्रसंसा गरेकी छन् । खासमा २००६ मा जहाँ मिकाको जन्मदिन थियो ।

त्यो समयमा राखीको सहमती बिना मिकाले राखीलाई ‘किस’ गरेका थिए । जसको कारण मिका गिरफ्तार पनि भएका थिए ।


प्रतिक्रिया दिनुहोस्