क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार, बन्दुकधारीसहित आठ जनाको मृत्यु

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको एक रेलवे स्टेशन नजिक भएको गोली काण्डमा आठ जनाको ज्यान गएको छ ।

क्यालिफोर्नियाको सैन जोसमा रहेको सान्ता क्लारास्थित रेल यार्डमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी आठ जनाको हत्या गरेको हो । रेलवे स्टेशन नजिक रहेका रेलवे कर्मचारीहरुको छलफल चलिरहेकै बेला गोली प्रहार भएको बुझिएको छ ।

गोलीकाण्ड गर्नुअघि ती व्यक्तिले आफनो घरमा आगजनी गरेको बुझिएको छ । बन्दुकधारी प्रहरी कारबाहीमा मारिएका छन् । अमेरिकामा यो बर्ष मात्रै २३० वटा गोली काण्डका घटना भएका छन् ।


प्रतिक्रिया दिनुहोस्