आज १९ औँ शहिद कृष्ण् सेन ‘इच्छुक’ स्मृति दिवस

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । आज जेठ १३ गते, १९ औँ शहिद कृष्ण् सेन ‘इच्छुक’ स्मृति दिवस । नेपालीकाे जनपक्षीय पत्रकारितामा निष्ठा र आदर्शका सतिसाल कृष्ण सेन ‘इच्छुक’ को आज विशेष सम्झना गरिन्छ ।

प्रत्येक वर्ष देशैभरी विभिन्न कार्यक्रम गरी पत्रकार तथा साहित्यकार शहिद कृष्ण सेन इच्छुकको १९ औं स्मृति दिवस मनाउँदै आएकाे प्रेस सेन्टर नेपालले यस वर्ष काेभिड १९ काे महामारीका कारण अनाैपचारिक कार्यक्रम गरेर मनाउँदैछ ।

निष्ठा र आदर्शको पत्रकारिता गरिरहेका सेनलाई २०५९ साल जेठ ६ गते गिरफ्तार गरी जेठ १३ गते महेन्द्र पुलिस क्लबमा उहाँको हत्या गरिएको थियो । सेन हत्याको १९ बर्ष पुगिसक्दा पनि घटनाको सत्यतथ्य छानबिन हुन सकिरहेको छैन ।

तत्कालिन डिआइजी अमरसिंह शाह, तत्कालिन नगर प्रहरी प्रमुख बिक्रम सिंह थापालगायतको टोलीले गिरफ्तार गरी चरम यातना दिएर उहाँको हत्या गरेको भएपनि अहिलेसम्म घटनाको सत्यतथ्य छानविन र दोषिलाई कारवाही हुन सकेको छैन ।

काव्य यात्राको थालनी दाङबाट प्रकाशित हुने ‘युगबोध’ समाचारपत्रबाट गरेका इच्छुक जनदिशा दैनिकका प्रधान सम्पादक थिए । बहुआयामिक व्यक्तित्वका धनी उनि एउटा जनपत्रकार र जुझारु क्रान्तिकारी योद्धासमेत थिए ।

नेपाली प्रगतिवादी काव्य फाँटमा दरिलो स्थान बनाएका सेनको वि.सं. २०१३ मा भारतको देहरादुनमा जन्म भएको थियो । सेनको पुर्खयौली घर अर्घाखाँची जिल्लाको जलुकेमा पर्दछ ।

पटक–पटक प्रतिक्रियावादीका जेल र हिरासतमा बसेका सेन आफ्नो आदर्श जस्तै सादा जीवन जिउने गर्थे । उनले प्रारम्भिक शिक्षा दिक्षा दाङको लालमटियामा लिएका थिए ।


प्रतिक्रिया दिनुहोस्