महन्तलाई बाबुरामको सन्देश : जसपा मधेसको मात्रै पार्टी होइन्, ओली सरकारको मतियार बन्नसक्दैनौं

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ९ : २८


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा अध्यक्ष महन्त ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेपछि उक्त पार्टीभित्र विवाद झन् चुलिएको छ।

महन्त ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा अ‍ोली र अर्का अध्यक्ष उपेन्द्र यादव सहित डा.बाबुराम भट्टराई लगायतको समूह विपक्षी गठबन्धनमा देखिएका छन्।

पार्टी भित्र २ धार देखिएका बेला पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले अर्को पक्षलाई जसपा मधेशको मात्रै पार्टी नभएको स्मरण गराएका छन्।

नागरिकता अध्यादेश जारी भएपछि माग पूरा भएको भन्दै सरकारमै सहभागि हुने तयारी महन्त ठाकुर, राजेन्द्र महतो पक्षले गरेपछि बाबुरामले जसपा मधेशको मात्रै शक्ति नभएको बताएका हुन।

साथै संविधाननै कुल्चिदै गएको प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको मतियार नहुन समेत बाबुरामले आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस्