योगेश भट्टटराई र गोकर्ण विष्ट माधव नेपालकै पक्षमा, ओलीलाई दिएनन् साथ

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ७ : १६


काठमाडौं । पछिल्लो समय पूर्वमन्त्रीद्धय योगेश भट्टराई र गोकर्ण विष्ट एमालेमा अध्यक्ष केपी शर्मा अ‍ोली पक्षमा उभिएको चर्चा थियो।

तर फेरि दुबै नेता पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्धको मोर्चामा उभिएका छन।

आज माधवकुमार नेपाल तथा झलनाथ खनाल सहित १५ स्थायी कमिटी सदस्य निकालेका अपीलमा दुवैको नाम छ। भट्टराई ओलीको खेमामा गएको भनिएको थियो भने विष्ट पछिल्लो केही दिनयता मौन थिए।

दुवै नेताले संसद विघटन विरोध गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने मागसहित सर्वोच्चमा दायर रिटमा हस्ताक्षर गरेका थिएनन ।

तर आज दुवैले ओली विरुद्ध संघर्षमा होमिन गरेको अपीलमा नेपाल र खनाललाई साथ दिएका छन।

 


प्रतिक्रिया दिनुहोस्