निषेधाज्ञा उल्लङ्घन गर्नेलाई पाँच लाखसम्म जरिवाना

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ६ : २९


सङ्खुवासभामा कोरोना संक्रमण घट्न नसकेपछि निषेधाज्ञालाई थप कडाइ हुने भएको छ।

जिल्लामा निषेधाज्ञा उल्लङ्घन गरे पाँच लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ।

निषेधाज्ञाको समयमा कसैले बाधा अवरोध गरे एक लाख रुपैयाँ देखि पाँच लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए।

मङ्गलबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै उल्लङ्घन गर्नेलाई दण्ड र जरिवाना समेत कार्यन्वयन गर्ने निर्णय भएको हो।

नेपाल सरकारको कोभिड व्यवस्थापन सम्बन्धी २०७८ मा जारी गरेका अध्यादेशअनुसार कोही कसैले मापदण्ड पालना नगरेमा नगद, कैद वा दुवै सजाय हुन सक्ने उल्लेख छ।

जिल्लामा गत वैशाख २५ गते राति १२ देखि लागु भएको निशेधाज्ञा यही जेठ २५ गते राति १२ बजेसम्म थपिएको छ।

हालसम्म जिल्लामा पाँच सय ८८ जनामा संक्रमण पुष्टि भइसकेको छ। रासस


प्रतिक्रिया दिनुहोस्