नेपाललाई १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ५ : ४४


काठमाडौं । नेपाली राष्ट्रपति विद्यादेवी भण्डारी र चिनका राष्ट्रपति सी जिनपिङबीच टेलिफोन वार्ता भएको छ।

दुवै देशका राष्ट्रपतिबीचको टेलिफोन संवादपछि चीनले नेपाललाई तत्कालै अनुदानस्वरुप १० लाख डोज खोप अनुदानस्वरूप उपलब्ध गराउने घोषणा गरेको छ।

राष्ट्रपति सीले चीनले तत्काल १० लाख डोज खोप नेपाललाई सहयोग दिने बताएको नेपाल स्थित चिनियाँ राजदूत होउ यान्छीले बताएकी छन्।

टेलिफोन संवादका बेला राष्ट्रपति भण्डारीले सीलाई नेपाललाई खोप आवश्यक परेको हुँदा खोप खरिदको लागि सहजीकरण गर्नको अनुरोध गरेकी थिइन्।

सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप चीनले उपलब्ध गराउने जनाएको हो। चिनले यसअघि पनि नेपाललाई ८ लाख डोज खोप उपलब्ध गराइसकेको छ।

दुवै देशका राष्ट्रपतिबीच भएको वार्तामा नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली पनि सहभागि थिए।

चीनले नेपाललाई कोभिड १९ विरुद्ध दसलाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको नेपालको परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ति मार्फत जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्