कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या धेरै, १४५ जनाको मृत्यु

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ४ : ४१


काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा नेपालमा थप ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

देशभरका प्रयोगशालामा १९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा ६७१६ जनाले कोरोनालाई जितेको मन्त्रालये जनाएको छ। मन्त्रालयको तथ्यांक हेर्दा आज कोरोना संक्रमित हुने भन्दा जित्नेको संख्या धेरै छ।

देशभर हाल सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ७७ रहेको छ।

काठमाडौं उपत्यकामा १ हजार ४९३ जनामा संंक्रमण देखिएको छ। भक्तपुरमा १३१ जना, ललितपुरमा २४१ जना र काठमाडौंमा १ हजार १३९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्