प्रतिनिधिसभा विघटन नेपालको आन्तरिक मामिला भएको भारतको प्रतिक्रिया

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । छिमेकी मुलुक भारतले प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन घोषणा लगायतका विषय नेपालको आन्तरिक मामिला भएको जनाएको छ ।

बुधवार नयाँदिल्लीमा भएको नियमित पत्रकार भेटघाटमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले संसद बिघटनका साथै निर्वाचन आन्तरिक मामिला भएको बताएका हुन् ।

बागचीले नेपालमा विकास भइरहेको घटनाक्रमलाई भारतले नजिकबाट नियालिरहेको समेत बताए । नेपाल आफ्नै लोकतान्त्रिक प्रक्रियाभित्रबाट समस्या समाधान गर्न सक्षम छ भन्ने भारतको विश्वास रहेको उनले बताए ।

यस्तो छ भारतको भनाई

May 26, 2021

In response to media queries on recent political developments in Nepal, the Official Spokesperson said:

“We have taken note of the recent political developments in Nepal.

We view these as internal matters of Nepal to be dealt by them under their own domestic framework and democratic processes.

As a neighbour and friend, India remains unwavering in its support for Nepal and its people on their journey toward progress, peace, stability and development.”

New Delhi
May 26, 2021


प्रतिक्रिया दिनुहोस्