विश्वभर कोरोना संक्रमण र मृत्युमा कमी: विश्व स्वास्थ्य संगठन

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


काठमाडौं । विश्व स्वास्थ्य संगठनले विश्वभर कोरोना संक्रमण र मृत्युमा कमी आएको बताएका छ । पछिल्लो हप्ता विश्वभर कोरोनाका महामारी र मृत्युमा कमी देखिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचआ) ेले जनाएको हो ।

यस हप्तामा ४१ लाख संक्रमित थपिएका छन् भने ८४ हजार जनाको मृत्यु भएको जनाएको छ। अघिको हप्ताको तुलनामा नयाँ संक्रमितको संख्यामा १४ प्रतिशत र मृत्युमा २ प्रतिशतले कमी आएको डब्ल्यूएचओले बताएको छ ।

डब्लुएचओको साप्ताहिक रिपोर्टका अनुसार यो हप्ता युरोपेली क्षेत्रमा नयाँ संक्रमित र मृत्युमा सबैभन्दा धेरै कमी देखिएको छ भने दक्षिण पूर्वी एशियामा पनि सुधार आएको छ।

पछिल्लो चार हप्तादेखि विश्वभरको स्थितिमा केही सुधार आएको देखिएको भएपनि संक्रमित र मृतकको संख्या अहिले पनि धेरै छ भने केही देशमा संक्रमण र मृत्युमा वृद्धि भएको देखिएको छ।


प्रतिक्रिया दिनुहोस्