विमानमै विहे गर्न खोज्दा…

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । भारतमा एक जोडीले कोरोना महामारीका समयमा आफ्नो विशेष दिनलाई उत्साहजनक बनाउन नयाँ उपाय लगाउँदा संकटमा परेका छन् । एयरलाइन्सलाई खबर नगरि अचानक विमान भित्रै विवाह गर्ने निर्णयपछि उनीहरुमाथि कारबाही हुने भएको हो ।

साउद वेस्ट न्युज सर्भिस एसडब्लूएनएसको रिपोर्ट अनुसार राकेश र दक्सिनाले वैवाहिक समारोहका लागि स्पाइस जेट प्लेनमा टिकट बुक गरेका थिए । यसमा उनीहरुले मदुराइ भारतबाट उडान भरेका हुन् र उडानमा क्रममा गर्ने भनिएको समारोह हेर्न आफ्ना साथीभाइ र परिवारजनलाई पनि निम्ता गरेका हुन् ।

खबरका अनुसार यो जोडीले आफूसँग विमानमा १६० अतिथि ल्याएका थिए । र यसबारेमा एयरलाइन्सलाई कुनै पूर्व जानकारी नदिएिको बताइएको छ । यसरी पछि मात्र एयरलाइन्सले यसबारेमा थाहा पाएका हुन् र कोभिडको नियम तोडिएको जानकारी दिएका छन् । सो विमान मदुराइ मिनाक्सी अमन मन्दिरतर्फ उडेको थियो जहाँ यो जोडीले विवाह गर्ने योजना बनाएका थिए ।


प्रतिक्रिया दिनुहोस्