रियल, बार्सिलोना र युभेन्टसमाथि यूईएफएले कारबाही थाल्यो

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । प्रस्तावित युरोपेली सुपर लिगमा संलग्न रहेका रियल म्याड्रिड, बार्सिलोना र युभेन्टसमाथि युरोपेली फुटबल महासंघ (यूईएफए) ले कारवाही सुरु गरेको जनाएको छ ।

घोषणालगत्तै स्थगित प्रतियोगिताका १२ संस्थापक क्लबमध्ये नौ क्लबले नाम फिर्ता लिइसकेका छन् । अझै प्रतियोगिता हुनुपर्ने पक्षमा रियल, बार्सिलोना र युभेन्टसले प्रतियोगिताबाट नाम फिर्ता पनि लिएका छैनन् ।

यूईएफएले प्रेस विज्ञप्ति जारी गर्दै यी तीन क्लबले आफ्नो आचारसंहिता तोडेको भन्दै उनीहरुमाथिको कारबाहीबारे पूरा जानकारी चाँडै बाहिर आउने पनि जनाएको छ ।

प्रतियोगिताबाट नाम फिर्ता लिनेमा ६ इंग्लिस क्लब म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, लिभरपुल, चेल्सी, आर्सनल र टोटनहम रहेका छन् ।

यस्तै इटालीका इन्टर मिलान र एसी मिलान तथा स्पेनको एटलेटिको म्याड्रिडले पनि नाम फिर्ता लिएका थिए । यी नौ क्लबमाथि पनि यूईएफएले कारबाही गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्