आज गाैतम बुद्धकाे २५६५ औँ जन्म जयन्ती मनाइँदै

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडाैं । आज २५६५ औँ बुद्ध जयन्ती । भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ ।

‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ जस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतमबुद्धको जयन्ती शान्तिको कामना गर्दै प्रत्येक वर्ष मनाइन्छ ।

विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरणस्वरुप मनाइन्छ । यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।

सिद्धार्थ गौतमको जन्म इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६५ वर्षअघि लुम्बिनीमा वैशाख शुक्ल पूर्णिमाकाे दिनमा भएको थियो । नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

गत वर्ष झैँ यस वर्ष पनि कोभिड–१९ को सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा सीमित लामा एवं बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि मात्र पूरा गरिने जनाइएको छ ।

लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विगत वर्षमा विविध कार्यक्रम आयोजना गरी बुद्धजयन्ती मनाउने परम्परा थियो ।

विश्व जगत्मा शान्तिका अग्रदूत र एशियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिएका थिए। यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रुप धारण गरेको छ ।


प्रतिक्रिया दिनुहोस्