सर्वसाधारणले एक हप्ताका लागि खाद्यान्न संचय गरेर राख्नुपर्‍यो : सिडिओ पराजुली

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा आगामी २० गते सम्म निषेधाज्ञा हुने भएको छ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरुको मंगलबार बसेको बैठकले थप एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

बैशाख १६ गते देखि सुरु भएको निषेधाज्ञा बैशाख २१ गते थप गरेर जेठ १३ गते सम्म पुराईएको थियो। कोभिड १९ संक्रमणको दरमा कमि नआएपछि निषेधाज्ञा लम्ब्याउदै थप कडाई गर्ने निर्णय गरिएको काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

संक्रमण नियन्त्रणका लागि निषेधाज्ञाको मोडालिटी परिवर्तन गरि थप कडाई गरिएको पनि उनले जानकारी दिए।

सर्वसाधरणलाई दुई दिन खाद्यान्न खरिदका लागि समय दिएर १४ गते देखि खाद्यान्न, किराना र डिपार्टमेण्टल स्टोर पनि बन्द गर्ने निर्णय गरिएको उनले जानकारी दिए।

सर्वसाधरण नागरिकको आवतजावतमा अत्यावश्यक सेवा बाहेक अन्य कामका लागि पुर्ण रुपमा रोक लगाईएको छ। मर्निङ वाक र इभिनिङ वाकलाई पनि बन्द गरिएको छ। त्यसैगरी अत्यावश्यक सामान किन्दा भौतिक दुरी कायम गरी मास्क लगाउनुपर्ने र सो नभए जरिवाना गर्न प्रहरीलाई निर्देशन दिईएको छ। पहिलो पटक मास्क नलगाउनेलाई एक सय र अर्को पटक पनि नलगाएको पाईए पटकैपिच्छे २ सय रुपैया जरिवाना गरिने भएको छ।

विवाह र ब्रतबन्धको कार्यमा यसअघि १० जनाको व्यवस्थालाई हटाएर ७ जनामा सिमित राखिएको छ भने त्यस्ता कार्यका लाग एउटा सवारी साधनलाई मात्रै पास उपलब्ध गराईने भएको छ।

त्यसैगरी एकहप्ताका लागि अत्यावश्यक हरियो तरकारी फलफुल र मासुजन्य पदार्थ, दुध लगायतका अत्यावश्यक खाद्य पदार्थ खरिद गर्ने र खाद्यान्न र किराना पसल,डिपार्टमेण्टल स्टोर, सार्वजनिक निर्माण र नीजी निर्माणका काम गर्न रोक लगाईएको छ। निर्माण सामाग्रीको ढुवानी पनि गर्न पाईने छैन।


प्रतिक्रिया दिनुहोस्