व्यवस्था नै समाप्त पार्ने अभ्यास भइरहको छ : पूर्वसभामुख ओनसरी

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । पुर्व सभामुख ओनसरी घर्ती मगरले जनताको प्रतिनिधिमुलक सस्थामाथि आक्रमण गर्नु पुर्णतया असंबैधानिक भएको कुरा पुर्व सभामुखहरुले राखेको बताएकी छन।

समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न सभामुख अग्नि सापकोटाले बोलाएको छलफलमा सहभागि जनाएपछि उनले भनिन् “पुर्व सभामुखहरुले सबैले एउटै स्वरमा प्रतिनिधिसभा भनेको जनताको असली प्रतिनिधि गर्ने संस्था हो । प्रत्यक्ष रुपमा जनताले भोट गरेर पठाएको भएकाले प्रतिनिधिसभा जनताको प्रतिनिधित्व गर्ने संस्था हो र यो संस्थामाथि आक्रमण भयो । यो पुर्णतया असंबैधानिक छ भनेर भन्यौ।”

संविधानको धारा ७६ को उपधारा ३ अनुसार बनेको सरकारलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको हुनाले संसद भंग गर्ने सरकारको निर्णय असंबैधानिक हुनुको साथै यसले जनताको मतलाई अपमान गर्ने काम गरेको भन्दै सोको घोर निन्दा गर्नुपर्छ भन्ने धारणा पुर्व सभामुखहरुले राखेको पनि उनले जानकारी दिइन्।

छलफलमा न्यायलयले छिटो भन्दा छिटो फैसला गर्नुपर्ने र देश र राज्यको आवश्यकता अनुसार सम्पुर्ण संबैधानिक निकाय चल्नु जरुरी रहेको उनले बताइन्

छलफलमा पुर्वसभामुखहरुले राजनीतिक दलहरुको बीचमा दुरी कम गराउने, विज्ञ, सरोकारवालाहरु लगायत संस्थागत र व्यक्तिगत रुपमा परामर्श गरि अनुकुल बातावरण बनाउन र आवश्यक पर्दा संविधानले दिएको विशेषाधिकार प्रयोग गर्न पनि सुझाव दिएको पुर्वसभामुख घर्तीले जानकारी दिइन।


प्रतिक्रिया दिनुहोस्