निषेधाज्ञाको नियम छल्न आकाशमा १६० जन्ती लिएर बिहे (भिडियो)

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट आक्रान्त बनेको भारतमा धेरै ठाँउमा हाल निषेधाज्ञा जारी छ।

सरकारी निषेधाज्ञाका कारण मानिसहरुले सहज गतिविधि गर्न पाइरहेका छैनन।

यसैबीच भारतको तमिलनाडुमा एक जोडीले सरकारी प्रतिबन्ध छल्न आकाशमै बिहे गरेका छन्।

तामिलनाडु राज्यका एक जोडीले विमान चार्टर्ड गरी आकाशमा नै विवाह गरेका हुन्।

समाचारमा जनाइएअनुसार तामिलनाडुमा कोरोना संक्रमण नियन्त्रणको लागि विवाहमा ५० जनाभन्दा धेरै मानिस सहभागी हुन नपाउने व्यवस्था गरिएको छ । तर, उक्त जोडीले आकाशमा गरेको विवाहमा भने १६० भन्दा धेरै मानिसहरु सहभागी थिए।

तल भिडियो हेर्नुहोस्

भारतको हवाई सेवा नियामकले यो घटनाको विषयमा अनुसन्धान सुरु गरेको बताएको छ।


प्रतिक्रिया दिनुहोस्