कमेडियन आदर्श मिश्रका बुवाको मृत्यु

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । युवा कमेडियन आदर्श मिश्रका बुबा विनोद मिश्राको निधन भएको छ।

उनको मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा निधन भएको हो।

उनलाई आदर्शले सोमबार राती नारायणी अस्पतालबाट उपचारका लागि भरतपुर अस्पताल लगेका थिए।

नारायणी अस्पतालमा ४ घन्टा डायलसिस गराउनुपर्नेमा ३ घन्टा मात्र गराइएको भन्दै आदर्शकले पितालाई राम्रो अस्पतालमा उपचार गराउने भन्दै भरतपुर अस्पताल लगेका थिए।

बाराको जितपुरबाट आदर्शकले पितालाई हप्ताको दुई पटक मिर्गौलाको डायलसिस गराउन नारायणी अस्पताल लिएर जाने गरेका थिए।

केहि समयअघि आदर्शले एउटा भिडियोमा भनेका थिए, ‘यो देशमा मिर्गौलाका बिरामीलाई बाँच्न त प्रधानमन्त्री नै हुनुपर्ने रहेछ।’

आदर्शका बुबाको निधन यो व्यवस्थाको दोष भन्दै सामाजिक सञ्जालमा धेरैले सरकारको आलोचना गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्